२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


‘नेपालमा १० बालबालिकामध्ये एकजनामा बालदम’


0
Shares

यसै अवसरमा कान्तिबाल अस्पतालले बुधबार राजधानीमा प्रभातफेरीको आयोजना गर्‍यो । लाजिम्पाटबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमापछि कान्तिबाल अस्पतालमै पुगेर समापन भएको थियो ।

नेपालमा १० बालबालिकामध्ये एकजनामा बालदम रहेको हुनसक्ने एक तथ्यांकले देखाएको छ ।

पछिल्लो समय बाटो विस्तारका कारण बढिरहेको धुलो र प्रदूषणले दमरोगीको संख्या बढ्दै गइरहेको विज्ञहरुको भनाइ छ ।

समयमै दमरोगको लक्षण देखापरेमा परामर्श गरी सही उपचार गर्न विज्ञहरुले सुझाव दिएका छन् ।