Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई वृद्ध पक्राउ


0
Shares

पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर–४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डंगोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् ।

उनीहरुले २०७२ सालदेखि बालिकालाई यौनशोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा बिहीबार मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पीडित बालिका मानसिकरुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् । रासस