Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन


0
Shares

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्ष्य गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, ‘हामीले मतदान हुने दिनसम्म चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि बिदा वा काजमा नबस्न पत्र लेखेका छौँ । मतदानका समयमा मतदानमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, उपकरण, एम्बुलेन्स तयारी अवस्थामा राख्न भनेका छौँ ।’

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जनतामा निकै उत्साह देखिएको छ । दुई चरणमा हुने निर्वाचनको पहिलो चरणअन्तर्गत यही वैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन हुँदैछ । रासस