२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


औषधि आयात ठप्प बनाउने चेतावनीप्रति संघको कडा आपत्ति


0
Shares

                                                                                 फाइल फोटो
केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधि आयातकर्ता संघले औषधि आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो ।

२०३० सालमा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका व्यवसायीहरुको छाता संगठन हो ।

जीवन–मरणसँग प्रत्यक्ष सरोकार राख्ने औषधिजस्तो अतिसंवेदनशील एवं अत्यावश्यकीय वस्तुको आयात नै ठप्प बनाउने चेतावनी मानवीय मूल्य मान्यताविपरीत रहेको संघको भनाइ छ ।

‘यसरी आमउपभोक्ताहरुको स्वास्थ्यसँग सम्बन्धित अत्यावश्कीय वस्तु औषधिमा नेपाल औषधि व्यवसायी संघको नीतिविपरीत भ्रमपूर्ण समाचारहरु आउनुलाई नेपाल औषधि व्यवसायी संघले गैरजिम्मेवारीपूर्ण कार्यकोरुपमा लिएको छ’–संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।