८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


नेपाल–भारत सीमानामै रोकिए मतदाता


0
Shares

लामो सयमपछि हुने निर्वाचनका लागि सहभागी हुन आएका नेपालीहरु सीमा नाका बन्द हुनेबारे अनविज्ञ हुँदा वाल्मिकिनगरको भैंसालोटनमा रोकिएका हुन् ।

भारतको पश्चिम चम्पारनमा पर्ने विभिन्न शहरमा काम गर्ने उनीहरु मतदानमा सहभागी हुन आएका हुन् । मतदान गर्नका लागि आएका नेपालीहरुमा नवलपरासी, रुपन्देही, चितवनलगायतका जिल्लाका छन् ।

नवलपरासी जिल्ला भारतको बिहार र उत्तर प्रदेशसँग सीमाना जोडिएको नाका हो । बिहार प्रदेशसँग त्रिवेणी क्षेत्र जोडिएको छ । जसअनुसार त्रिवेणी–भैसालोटन नाका सोमबार बिहानसम्मका लागि बन्द गरिएको हो ।

नाकासँग जोडिएको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा निर्वाचन हुँदैछ ।

दुई प्रदेशमा विभाजित नवलपरासीको प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रमा रहेका चार नगरपालिका र चार गाउँपालिकामा निर्वाचन हुँदैछ । जिल्लाको प्रदेश नम्बर ५ परासी क्षेत्रमा छ ।

परासी क्षेत्रमा त्रिवेणी क्षेत्र पर्ने भएपनि सीमाकांनमा तत्कालिन त्रिवेणीसुस्ता गाउँपालिकाको वडा नं. ६ र ७ लाई नवलपुर क्षेत्रको विनयी गाउँपालिकासँग समावेश गरिएको छ ।

समावेशपछि उक्त गाउँपालिकाको नाउँ विनयी–त्रिवेणी राखिएको छ । तत्कालिन त्रिवेणीसुस्ताका अन्य वडाहरु भने परासी क्षेत्रको सुस्ता गाउँपालिका नामाकरण गरेर समावेश गरिएको छ ।

भैसालोटनबाट आउन नसकेका नेपालीहरुलाई सुस्ताबाट ढुङ्गा प्रयोग गरेर वा ठूठीबारीको नाका प्रयोग गरेर आउन सक्ने सल्लाह दिइएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए । -अन्नपूर्ण पोष्ट दैनिकबाट