
एकै परिवारका चार दाजुभाई आबद्ध कम्पनी यस बर्ष ३ दलमलव २ अर्ब पाउन्ड सम्पत्ति बढाउँदै सर्बोत्कृष्टको सूचीमा परेको हो ।
सो कम्पनीको कुल सम्पत्ति १६ दशमलव २ अर्ब पाउन्ड रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
कम्पनीले यसबर्ष तेल, ग्यास, प्रविधी, मिडिया, स्वास्थ्य जस्ता क्षेत्रमा लगानीबाट प्रतिफल बढाएको बेलायती अखबार ‘सन्डे टाइम्स’ ले उल्लेख गरेको छ ।
उनीहरुको सबैभन्दा पछिल्लो परियोजना वेस्टमिनिस्टर, लन्डनको पूरानो युद्ध कार्यलयलाई पाँचतारे होटल तथा सुविधासम्पन्न अपार्टमेन्ट बनाउने रहेको छ ।
हिन्दुजा दाजुभाई गतबर्ष सोही सुचीको दोस्रो स्थानमा रहेका थिए । गतबर्ष सुचीको शिर्षस्थानमा रहेका युक्रेनी ब्यापारी लेन ब्लाभात्निकले सुचीमा दोस्रो स्थान ओगटेका छन् ।
हिन्दुजा ग्रुप बर्तमान मालिक श्रीचन्द, गोपिचन्द, प्रकाश, अशोक हिन्दुजाका पिता परमानन्द दीपचन्द गरी चार दाजुभाईले स्थापना गरेका थिए ।
-नेपाल समाचार पत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्