८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका ब्यक्तिको मृगौला दुई जनालाई


0
Shares

केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएकाा एक ब्यक्तिमा दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमाा प्रत्यारोपण गरिएको हो ।

सडक दुर्घटनामा परेर ती करिब ३० बर्षे युवाको मस्तिष्क मृत्यु भएको थियो । स्रोतका अनुसार प्रत्यारोपण गराएका एक युवा र अधबैंसे व्यत्तिलाई एकसातामा डिस्चार्ज गरिनेछ ।

‘प्रत्यारोपण गराएका दुवै स्वास्थ्य छन्, शनिबार गरिएको परीक्षणमा समेत कुनै असामान्यता देखिएको छैन्’, केन्द्रका एक चिकित्सकले भने ।

मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाले अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुल्ला गरेपछि मुलुकले प्रत्यारोपण क्षेत्रमा फड्को मार्न सकेको हो । -कान्तिपुर दैनिकबाट