नेपाली पप संगीतमा बिगत दुई दशकदेखि क्रियाशिल गायक हुन दिपक बज्रचार्य । ‘आसै आसमा’ एल्बम सार्वजनिक भएपछि उनले ब्यवसायिक सांगीतिक यात्रा तय गरेका उनी पछिल्लो समय ‘मन मगन’ बाट चर्चा कमाईरहेका छन् ।
संगीत क्षेत्रमा पृथक पहिचान बनाइसकेका दिपक पछिल्लो समयको ब्यस्तता र दैनिक जीवनका बारेमा ईमेज च्यानलसँग आफुनो अनुभव साटेका छन् ।
आफ्नो सांगीतिक यात्रालाई कसरी ब्याख्या गर्नुहुन्छ ?
संगीत भनेको संघर्ष, पहिचान र सन्तुष्टी नै हो । आफूलाई केही उपलब्धी भयो भन्ने अनुभुति भयो भने त्यसलाई सफलता मान्न सकिन्छ ।
एक सफल गायक बन्नलाई के के कुरा आवश्यक पर्छ ?
विशेषत धैर्यता हुनुपर्यो । त्यसपछि मेहेनत धेरै गर्नुपर्छ ।
एउटा कलाकार भएर जीवन चलाउन कति सहज छ ?
म राम्ररी थाहा थियो कि संगीत क्षेत्रमा लागेर करोडपति बन्न सकिन्न । तर सन्तुष्टी भयो भने हुन्छ । पैसाले कसलाई पो पुगेको छ र ? जति चाहिने हो वा सामान्य जीवन चलाउन सकियो भने हुन्छ । यस क्षेत्रमा माया, सम्मान र देश विदेश यात्रा गर्न पाइरहेको छु, यसलाई सन्तुष्टी मान्नुपर्छ ।
‘मन मगन’ गीतबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
हामीले तयार पारिरहेका गीतहरुभित्रै एक गीत हो ‘मन मगन’ । तर यस गीतमा हामीले नेपाली बाजाहरुको प्रयोग गरेका छौं र धेरै बर्षको अनुभव र मेहेनतले पनि काम गरेको छ । त्यसैले यो सफल भएको छ । यसको फरक किसिमको भिडियोले पनि धेरै काम गरेको छ । हामी सन्तुष्ट छौं ।
‘मन मगन’ कसरी जन्मियो ?
यस गीतमा हामीले धेरै चाहीं हाम्रो संस्कृति र सम्पदाहरुको प्रयोग गरेका छौं । जसलाई धेरैले रुचाइदिनुभयो । खासमा हाम्रो अनुभवले पनि यसमा काम गरेको छ । मेरो छोरीले हाम्रो गीत सुन्दा कुनै महोत्सब बजिरहेको बाजा जस्तो लाग्छ भनेर भनेपछि नयाँ अवधारणाको विकास गरेका हौं ।
हामीले विदेशमा एउटा कन्र्सट गर्दा नयाँ सुझाव पायौं । ड्रम्प मात्र किन बजाउने मादल पनि बजाए हुन्न र ? भन्ने प्रश्नहरु आए । त्यही भएर हामीले सयथरीका बाजाहरु बजाउन र हाम्रो गीतमा मौलिक बाजाहरुको प्रयोग गर्न थालेका हौं ।
प्रतिक्रिया दिनुहोस्