Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रतिपक्षको औसत प्रस्तुतीः आन्तरिक विवादमै रुमलियो कांग्रेस(भिडियो)


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार एक वर्ष पुग्दै गर्दा औसत प्रस्तुतीको आरोप खेपिरहेको छ ।

जनताले नेकपालाई दुईतिहाई मत दिएसँगै नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी बनाएर सरकारलाई खबरदारी गर्ने मुख्य भुमिका दिएका छन् ।

तर प्रमुख प्रतिपक्षीको एक वर्षे भूमिकामा नेपाली कांग्रेस औसतभन्दा माथि उठ्न सकेको छैन ।

नेकपाको सरकार आएमा ‘रुन र हाँस्न पाईदैन’ भनेर निर्वाचन प्रचार प्रसार शुरु गरेको नेपाली काँग्रेसका भनाई जनताले पत्याएनन् र उसलाई सत्तामा जानेभन्दा प्रतिपक्षमा बस्ने मत दिएर पठाए ।

प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको काँग्रेसले विगत एकवर्षमा सरकारलाई खबरदारी गर्ने काममा भने आमजनताको चित्त बुझाउन सकेको छैन ।

परिणाम स्वरुप सरकार विरुद्ध उसले सडक र सदन तताउँछौ भन्दा जनताले पत्याईरहेका छैनन ।

केपी ओली नेतृत्वको सरकार निर्माणपछि गुमनाम जस्तै देखिएको प्रतिपक्षले सरकारको नीति तथा कार्यक्रम र बजेट आउँदा आफ्नो भुमिका देखाउने ठाउँ थियो ।

तर त्यहाँ उसले प्रतिपक्षको धर्मसम्म ननिभाई मौन समर्थन जनायो । यसपछि पनि गुमनाम नै रहेको प्रतिपक्ष चिकित्शा शिक्षा विधेयकको सेरोफेरोमा आफ्ना दुई नेताको नाममा रहेका अस्पताल प्रदेश सरकार मातहत राखेको भनेर सदन र सडकमा आन्दोलनमा उत्रियो ।

निर्मला हत्या प्रकरण, सुन तस्करी प्रकरण, वाईडबडी विमान प्रकरण, बढ्दो व्यापार घाटा, आयात निर्यातको अनसन्तुलन, सरकारले लगाएको करमा जनताको गुनासो, संघ र प्रदेश बीचको खिचातानी, आन्दोलनरत विभिन्न पक्षका मागमा प्रमुख प्रतिपक्षले कुनै नेतृत्व दिन सकेन ।

सरकार जनअपेक्षामा खरो उत्रिन नसकेको लगायतका बग्रेल्ति एजेण्डा हुँदा हुँदै पनि प्रमुख प्रतिपक्ष विगत एकवर्षमा गुमनाम जस्तै रह्यो ।

सरकारको एकवर्ष पुग्दै गर्दा जनताको म्यान्डेट वमोजिम सरकारका काम कारवाहीको जबरदस्त समिक्षा गरेर जनता माझ यर्थाथ जानकारी ल्याउनुपर्नेमा अहिले काँग्रेस आफ्नै पार्टिको विवादमा रुमल्लिएको छ ।

आफ्ना नेताको नामको अस्पतालमा सदन र सडक आन्दोनल गरेको नेपाली काँग्रेसले जनताको एजेण्डामा भने सदन र सडक दुबै ठाउँमा औसत प्रस्तुती दिएको छ ।

सदनमा प्रतिपक्ष कस्तो हुन्छ अब देखाईदिन्छौ भनेर धम्कि दिएको काँग्रेसले खासै केहि एजेण्डा दिन सकेको छैन भने सडकमा उसले गरेको आन्दोलनमा जनताले साथ दिईरहेका छैनन ।

काँग्रेस अहिले पार्टि विधानको विवाद तथा नेविसंघको विवादमा रुमल्लिएको छ ।

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएपनि कहिल्यै लोतकान्त्रिक मुल्य मान्यता अनुसार नचलेको आरोप काँग्रेले संधै खेप्दै आएको छ ।

पार्टी लोकतान्त्रिक मुल्य मान्यता अनुसार नचलेपछि पार्टी सरकारमा गएका बेला त्यसको छाँया सदैव सरकारमा पनि पर्ने गरेको छ ।

जसका कारण विगतमा नेपाली काँग्रेसको सरकार पटक पटक देखिसकेका नेपाली जनताले अहिले केपी ओली सरकार विरुद्ध सदन र सडक तताउँछौ भन्दापनि पत्याउन सकिरहेका छैनन ।

यदि अहिले जनताले दिएको म्यान्डेट अनुसार प्रमुख प्रतिपक्ष खरो उत्रन नसकेमा वेटिङ गभर्मेन्टका रुपमा रहेको काँग्रेलाई जनताले अर्को निर्वाचनमा पनि पत्याउने छैनन ।

कहिल्यै सुल्झाउन नसकेको पार्टी विवादलाई तत्काल सुल्झाएर आगामी दिनमा जनताको म्यान्डेट वमोजिम सरकारलाई खबरदारी गर्दै जनताको एजेण्डामा जोडिनु नै प्रतिपक्षका रुपमा अहिलेको काँग्रेसको मुख्य भुमिका हो ।