२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


म्याग्दीको मालिका–१ मा कांग्रेस उम्मेदवार विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिबहादुर पुनले २६४ र नेकपा माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् ।

सो गाउँपालिकाको वडासदस्यमासमेत कांग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन् ।

यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गरेका थिए ।

यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरेका छन् । रासस