धादिङमा एमालेको अग्रता, कांग्रेस र माओवादी पछ्याउँदै (हेर्नुहोस विवरण) « Image Khabar


धादिङमा एमालेको अग्रता, कांग्रेस र माओवादी पछ्याउँदै (हेर्नुहोस विवरण)


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १२:१२

-नवराज छत्कुली

जिल्लाका १०४ वडाहरु मध्ये अहिलेसम्म २६ वटा वडाको प्रारम्भिक मत परिणाम आएको छ । त्यसमध्ये १३ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार ७ वडामा र कांग्रेसका उम्मेदवार ६ वटामा विजयी भएका छन् ।

एमालेले धुनिबेसी नगरपालिकाको १ र २, थाक्रेको २ र ४, सिद्धालेकको १ र २ वडा नं. विजय भएको छ । त्यस्तै ज्वालामुखी १, गल्छी १, गजुरीको १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् ।

दक्षिणी धादिङको बेनिघाट रोराङको वडा नं. १ र उत्तरी धादिङको रुविभ्यालीको वडा १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् ।

नेत्रावती १ बाट विजय सुरुवात गरेको माओवादी केन्द्रले धुनिबेसी ५, थाक्रे ३, नेत्रावती २, गंगाजमुना १ र त्रिपुरासुन्दरी ७ मा पनि आफ्नो उम्मेदवार विजय गराउन सफल भएका छन् ।

नेपाली कांग्रेसले धुनिबेसी ३, थाक्रे १, खनियाबास १ र २, ज्वालामुखी २ र नेत्रावती ३ नं.मा विजय हासिल गरेको छ ।

आफ्ना पक्षका उम्मेदवार विजयी भएका वडामा कार्यकर्ताहरुले खुसी मनाउन थालेका छन् । (हेर्नुहोस विवरण)

dhading111

प्रतिक्रिया दिनुहोस्