२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मेलम्ची– ३ र ४ मा कांग्रेस, २ र ५ मा एमाले विजयी


0
Shares

नगरपालिकाको वडा नम्बर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गरेका छन् ।

यसैगरी, सोही नगरपालिकाको वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गरे ।

सो नगरपालिकाको वडा नम्बर–२ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गरे ।

यस्तै, सो नगरपालिकाको वडा नम्बर–५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गरेका छन् ।

मेलम्ची नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गरेका छन् ।

यस्तै, सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, कांग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा माओवादी केन्द्रकी मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गरेका छन् । रासस