‘जेठ ८ गतेसम्म माग पूरा नभए औषधि आयात ठप्प पार्छौँ’ « Image Khabar


‘जेठ ८ गतेसम्म माग पूरा नभए औषधि आयात ठप्प पार्छौँ’


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १५:२९

फाइल फोटो

संघले स्वदेशमा उत्पादित औषधिभन्दा सस्तो र गुणस्तरका औषधि आयात गरिरहेको जनाउँदै सरकारले औषधिको मूल्य निर्धारण नगरी आयातमा प्रतिबन्ध नलगाउन सरकारसित आग्रहसमेत गरेको छ ।

गत वैशाख २६ गतेको मन्त्रिपरिषद्ले ३५ प्रकारका औषधि आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । संघले औषधि व्यवस्था विभागसमक्ष राखेका मागमा औषधि आयातमा सहजीकरण गर्नुपर्ने, औषधिको मूल्य निर्धारण नगरी औषधि आयातमा प्रतिबन्ध लगाउन नहुने, औषधिको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्नेलगायत छन् ।

संघका महासचिव पवन आचार्यका अनुसार संघले १५० देखि २०० प्रकारका औषधि विभिन्न देशबाट आयात गर्छ । तीमध्ये ९० प्रकारका औषधि नेपाली बजारमा बढी खपत हुने गर्छ ।
संघले विश्व स्वास्थ्य संगठनका मापदण्ड तथा अमेरिकाको ‘एमएचआरए’, बेलायतको ‘एफडिए’ तथा युरोपेली संघको जिएमपीअनुसार नै गुणस्तरीय औषधि आयात गरिरहेको जिकिर गरेको छ । ‘स्वदेशी उद्योगबाट उत्पादन नभएका नयाँ–नयाँ औषधि आयात गर्न प्रतिबन्ध लगाउँदा बिरामी र बिरामीका आफन्तले कहाँबाट औषधि ल्याउने ?’ उनले प्रश्न गरे ।

यसैबीच संघले मंगलबार (आज) औषधि व्यवस्था विभागमा आफ्ना माग पूरा गर्न विभाग अगाडि दुई घन्टा कालोपट्टी बाँधी धर्ना दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्