३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


एमाले १५, कांग्रेस ११ र माओवादी केन्द्र ९ स्थानीय तह प्रमुखमा विजयी


0
Shares

अहिलेसम्म घोषित परिणाममा नेकपा एमाले १५ ओटा स्थानीय तहको प्रमुखमा विजयी भएको छ भने नेपाली कांग्रेसले ११ ओटा स्थानीय तहमा जित हासिल गरेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले ९ ओटा स्थानीय तहको प्रमुखमा जित दर्ता गरेको छ ।

एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गत आइतबार पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत् २८३ स्थानमा निर्वाचन भएको थियो । निर्वाचन भएका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।