
चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा मंगलबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत (८१ प्रतिशत) खसेको शर्माले जानकारी दिए ।
मतगणनाको विषयमा आजैका लागि सर्वदलीय बैठक बोलाइएको र बैठकको निर्णयअनुसार मतगणनाका क्रम अघि बढ्ने शर्माले जानकारी दिए ।
वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडासदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।
सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले मंगलबार मतदान भएको हो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ ।
दलित नभएकाले यहाँ दलित महिलामा भने कुनै उम्मेदवारी परेन । कालिका नगरपालिकामा २२ हजार ९८७ मतदाता रहेकामा यसअघि अन्य १० वडामा १७ हजार ९४३ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्