१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन


0
Shares

यस कदमले युक्रेनी जनताको भावनामा चोट पुर्‍याउने क्रेमलिनको दाबी छ ।

युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रसियामा नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

युक्रेनको हालैको रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कदमले युक्रेनी नागरिकको सूचना पाउन सक्ने अधिकारको उल्लंघन गरेको क्रेमलिन प्रवक्ताको भनाई छ । रासस/एएफपी