
नगरपालिकाको वडा नम्बर–१ को मतगणना सकिँदा वडाध्यक्ष र सदस्यमा नेकपा एमालेले जितेको छ ।
वडाको पदाधिकारी एमाले जित्दा पनि प्रमुख र उपप्रमुखमा कांग्रेस अगाडि रहेको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसका प्रमुख उम्मेदवार उपेन्द्र कार्कीले एक हजार २८४, एमालेका कृष्णहरि थापाले एक हजार ९४, नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ६९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ७६ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा कांग्रेसकी अनिता अधिकारीले एक हजार ३४६, एमालेकी विन्दु सिम्खडाले एक हजार १८५, माओवादीकी रुकु रणपालले ५१९ र राप्रपाकी कुस्मा नगरकोटीले ८८ मत पाएका छन् ।
वडा नम्बर–१ का अध्यक्षमा एमालेका मुकुन्द गजुरेलले एक हजार सात मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका श्रीकृष्ण थापाले ९६७ मत ल्याए ।
यसैगरी, सदस्यमा पनि एमालेको समूहले जितेको छ । विजयी भएका सदस्यमा दलबहादुर तामाङ, बलराम खड्का, महिलामा रमा ढकाल र दलित महिलामा कविता सुनार छन् ।
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम राखेका छन् । बस्नेतले दुई हजार ४०३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णहरि खत्रीले दुई हजार ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुर्दशन लामिछानले जानकारी गराए ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव थापाले एक हजार २२० मत, नेकपा माओवादी केन्द्रका कुमार तामाङले ७६७ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा कांग्रेसका कल्याणी खड्काले दुई हजार १३९ र एमालेका सुशीला अधिकारीले दुई हजार ३१८ मत प्राप्त गरेका छन् ।
कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकामा कुल १० ओटा वडा कायम गरिएको छ । सो नगरपालिका प्रमुख पदमा नेकपा एमालेका रमेश महर्जनले एक हजार ७५१ मतका प्राप्त गरी अग्रस्थानमा छन् ।
सोही पदमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी एकहजार ५९३ मतका साथ दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर महर्जन ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खडका एक हजार ७०१ मतका साथ पहिलो स्थानमा, नेपाली कांग्रेसका विमला विष्ट एक हजार ४२८ मतका साथ दोस्रो तथा नेकपा माओवादी केन्द्रका सुशीला बस्नेत ७४९ मतका साथ तेस्रो स्थानमा छन् ।
कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारको प्रतिस्पर्धा छ ।
चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली कांग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गरेका छन् ।
हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार ७१८, एमालेका लीसा नकर्मीले दुई हजार ९२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।
दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका शशी शर्माले ३४२२ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका मोहन बस्नेतले ३१५८ मत प्राप्त गरी पछ्याइरहेका छन ।
नेकपा माओवादी केन्द्रका सञ्जीव लामा १५२४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत प्रतिमा भट्टराई पोखरेलले जानकारी दिइन् ।
दक्षिणकाली नगरपालिकाको उपप्रमुखमा पनि एमालेका मीरा महर्जनले ३४७६, कांग्रेसका उम्मेदवार वसन्ती तामाङले ३२१६ र नेकपा माओवादी केन्द्रका कमला शर्माले ११६२ मत प्राप्त गरेको उनले बताइन् ।
दक्षिणकाली नगरपालिकाको हालसम्मको सम्पन्न भएको वडाको मतगणनाअुनसार वडा नम्बर–१ मा एमालेका जय थापामगर, २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, ३ मा एमालेका नानीबाबु महर्जन, वडा नम्बर–४ मा कांग्रेसका पुष्कर खड्का, ५ मा कांग्रेसका श्यामबहादुर खत्री र ६ मा एमालेका शंकरमान महर्जन विजयी भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्