
नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् ।
यसैगरी, सोही नगरपालिकाको वडा नम्बर–७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एक हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गरे ।
सो नगरपालिकाको वडा नम्बर–८ को वडाध्यक्षमा एमालेका छंकराज गिरीले ३६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गरे ।
यस्तै, सो नगरपालिकाको वडा नम्बर–९ को वडाध्यक्षमा कांग्रेसका कमलबहादुर खड्काले ९२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गरेका छन् ।
यसैगरी, मेलम्ची नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्बर अर्यालले पाँच हजार ५५५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गरेका छन् ।
यस्तै, सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, कांग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा माओवादी केन्द्रका मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्