१ असार २०८२, आइतबार | Mon Jun 16 2025


चारओटै महानगरमा एमालेको अग्रता, भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि


0
Shares

पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १३८६ मतसहित अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका राजुराज जोशीले ८७५ मत प्राप्त गरेका छन् । त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६८३ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ५१८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार ८३५७ मतसहित अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन छन्, उनको ८१९८ मत रहेको छ ।

पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले ४८५१ र कांग्रेसका रामजी कुँवरले ४५८९ मत प्राप्त गरेका छन् ।

यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३२१६ मतसहित अग्रस्थानमा छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २०८६ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।