२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव


0
Shares

फाइल फोटो

अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो ।

प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ वर्षीय गिरीसरा पुनको औषधि अभावमा उपचारमा समस्या भएको अस्पताल प्रवक्ता लक्ष्मीराज रेग्मीले बताए । अस्पतालका अनुसार पुन जेठ १ गतेदेखि अञ्चल अस्पतालको बेड नम्बर १३५ मा रहेकी छन् ।

कालाजारको औषधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी अञ्चल अस्पतालमा नपठाउँदा बिरामीलाई उपचारमा ढिलाइ भएको हो । उक्त औषधि बजारमा किन्न नपाइने हुनाले महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीलाई रहेको छ ।

अस्पतालका अनुसार गत वैशाख २९ गते पाल्पाका ताराबहादुर पचभैयालाई कालाजारको उपचार गर्दागर्दै औषधि सकिएको हो । रासस