काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै छन् ।
सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले दिउसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि एक वर्ष पुग्दैछ ।









प्रतिक्रिया दिनुहोस्