२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेसको बलियो पकड भएको गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका पौडेल विजयी


0
Shares

यसैगरी, उपप्रमुखमा भने कांग्रेसका विष्णु कँडेल सापकोटा विजयी भएकी छन् ।

गैंडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी कांग्रेसका विष्णु कँडेल सापकोटा विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गरिन् ।

नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गंैडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी–त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।

प्रमुख पदमा गैंडाकोटबाहेक अरु सबै स्थानमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

अब नवलपरासीमा कावासोती नगरपालिकामामात्र परिणाम घोषणा हुन बाँकी छ । रासस