
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए ।
निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । नयाँ दिल्लीको उडान पनि प्रभावित हुने निगमको भनाइ छ ।
जहाजको प्राविधिक समस्या समाधानका लागि इन्जिनियरको खोजी भइरहेको उनले जानकारी दिए । जहाज नबन्दसम्मका लागि उडान बन्द हुने सूचनासमेत जारी भइसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्