
उनले सात हजार ६४६ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेले ६ हजार ३१९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै निर्मला शाही सात हजार ५०१ प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राधिका ढकालले ६ हजार १६० मत प्राप्त गरेकी छन् ।
त्यसैगरी, वडा नम्बर–११ मा एमाले समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार माधवप्रसाद न्यौपाने ९३३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी जितेन्द्र लामा तामाङले ४७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा नम्बर–१२ का वडाध्यक्षमा कांग्रेसको समूह नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार गोविन्दप्रसाद पराजुली ५३४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद पराजुलीले ५२७ मत प्राप्त गरेका छन् ।
यस्तै, धुलिखेल नगरपालिका–६ मा कांग्रेसका सञ्जय कोजु पाँच सय ७६ मत ल्याइ वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुपक श्रेष्ठले ४५९ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्