Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


पृथकतावादी गतिविधि बढ्यो, नेपाली सचेत रहनुपर्छ : गृहमन्त्री


0
Shares

झापा, फागुन १ । गृहमन्त्री रामबहादुर थापाले देशमा पृथकतावादी गतिविधि बढिरहेको भन्दै नेपालीहरु सचेत रहनुपर्ने बताएका छन् ।

बुधबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई कमजोर पार्ने, उल्ट्याउने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको दाबी पनि गरे ।

सरकारकोसमेत नेतृत्व गरिरहेको पार्टी नेकपाभित्रको एकता देखेरै राज्यविरोधी शक्तिहरु सल्बलाउन थालेको भन्दै गृहमन्त्री थापाले ‘देशभित्रकै राज्यविरोधी शक्तिलाई अन्तर्राष्ट्रिय केही शक्तिले साथ दिएको विषयमा सरकार जानकार छ’–भने ।

उनले त्यस्ता गतिविधिलाई ध्यान दिएर सुरक्षासम्बन्धी नयाँ कानुन बनाउन सरकार लागेको पनि बताए ।