१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


इरानमा राष्ट्रपति रुहानी फेरि निर्वाचित हुने संकेत


0
Shares

२ करोड ६० लाख भन्दा बढी मत गणना भइसक्दा उनले आधाभन्दा बढी १ करोड ४६ लाख मत प्राप्त गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

रुहानीका प्रतिस्पर्धी इब्राहिम राइसीले भने चुनावमा अनिमितताको आरोप लगाएका छन् । मतदानको समय पाँच घण्टा बढाएर स्थानीय समय अनुसार मध्यरातसम्म लम्ब्याइएको थियो ।

यसले गर्दा मतदान प्रतिशत बढेर ७० प्रतिशत पुगेको छ । करिब ४ करोड मतदाताले मतदान गरेको इरानी आन्तरिक मन्त्रालयले जनाएको छ ।

मध्यमार्गी विचारधाराका रुहानीले सन् २०१५ मा अमेरिकालगायतका मुलुकसँग आणविक सम्झौता गरेका थिए ।

तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्ववर्ती ओबामा सरकारसँग गरिएको उक्त सम्झौताको विरोध गरेका छन् । (एजेन्सी)