Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकारले जनचाहना पूरा गर्न थालेको छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहना पूरा गर्न थालेको बताएका छन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को बुधबार काठमाडौंमा शुभारम्भ गर्दै उनले बहुमतको सरकारले जनताले चाहेको काम पूरा गर्न थाले पनि केही तत्वले भने यस्तो नचाहेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले नेपाली जनता आफैंले बनाएको संविधानअनुसारको गतिशील सरकारका कारण मुलुक सुशासनतर्फ अघि बढेको दाबीसमेत गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै उनले नेपालमा गरिबी र बेरोजगारी रहन नहुनेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले अब फागुन १ गतेलाई ‘रोजगारी दिवस’कारुपमा मनाइने जानकारी दिए ।

उनले नेकापाभित्र विवाद ल्याउन गरिएका प्रयास थामिनसक्नु भएपनि त्यस्ता प्रयास सफल नहुने बताए ।

कुनैपनि मित्रराष्ट्रविरुद्ध ‘कार्ड’ प्रयोग नगर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्तासम्पन्न मुलुक भएकाले अन्तर्राष्ट्रिय उत्तरदायित्वअनुसार कुनैपनि घटनाबारे बोल्नसक्ने स्पस्ट पारे ।