Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


साढे दुई किलो अफिमसहित तीनजना पक्राउ


0
Shares

अञ्चल प्रहरी कार्यालय नेपालगन्जले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परी सार्वजनिक हुनेमा रुकुम, भूमेगाउँपालिका–३ घर भइ हाल दाङ, घोराही उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २९ वर्षीय अयन रोका, रुकुम, सोही ठाउँ घर भइ हाल दाङ, घोराही उपमहानगरपालिका–६ मै डेरा गरी बस्ने ३६ वर्षीय भागेश्वर रोका र रुकुम, भूमेश्वर गाउँपालिका–३ बस्ने २६ वर्षीय रुपेश पुन रहेका छन् ।

रा२प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी बाँकेको संयुक्त टोलीले जिल्लाको राप्ती सोनारी गाउँपालिका–१ कुसुमको चेक प्वाइन्टमा चेकजाँचकाक्रममा अफिमसहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरीक्षक विश्वराज सिंहले बताए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस