५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


तीन महानगरको मेयरमा एमाले अगाडि, ललितपुरमा कांग्रेसको अग्रता कायमै


0
Shares

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य २३ हजार ४ सय २३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ९ हजार ३ सय २३ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १७ हजार १ सय ७१ मतसहित अग्रता लिएका छन् ।

एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १५ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १७ हजार ८७६ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १६ हजार ९४६ सय मत प्राप्त गरेकी छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९ हजार ३१३ तथा एमालेकी दिव्या शर्माले १५ हजार ३२७ मत पाएकी छन् ।

यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

एमाले उम्मेदवार मानबहादुर जिसीले २२ हजार ३ सय २९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।