
दक्षिण कोरियाली सैनिकका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो उत्तर कोरियाले उक्त मिसाइल परिक्षण गरेको हो ।
बीबीसीकाअनुसार दक्षिण कोरियाले एक सातापछि पुनः अर्को मिसाइल परीक्षण गरेको हो । उसले गत आइतबार लामो दुरीको मिसाइल सफलतापूर्वक परीक्षण गरेको थियो ।
उत्तर कोरियाले गत साताको परीक्षणपछि अर्को परमाणु शक्ति बोकेर लामो दुरीमा मार हान्न सक्ने मिसाइल नयाँ तरिकाले परीक्षण गर्ने बताएको थियो ।
उत्तर कोरियाले भने ‘ह्वसोङ १२ मिसाइल’ नाम दिइएको उक्त मिसाइल मध्य तथा लामो दुरीमा परमाणु शक्ति बोकेर मार हान्न सक्ने खालको रहेको उल्लेख गरेको छ ।
उत्तर कोरियाली सञ्चारमाध्यमले पश्चिम क्षेत्रको कुसंग शहर नजिकबाट परीक्षण गरेको उक्त मिसाइल १ हजार ३१२ माइल्स माथि पुगेर रसिया र जापानको बीचको सामुद्रिक सतहमा खसेको उल्लेख गरेको छ । उक्त क्षेत्र अमेरिकी सेना एन्डरसन एअर फोर्स नियन्त्रित क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्