
महोत्सवमा प्रतिस्पर्धा गर्न तयारी गरिएको एउटा प्रसिद्ध चलचित्र ‘रिडाउटेबल’ प्रदर्शन हुनु अगाडि बम बिस्फोट हुनसक्ने सतर्कता सूचना जारी गरिएपछि प्रदर्शनी हलभित्र जान निषेध गरिएको र हल खाली गर्ने क्रममा हलभित्र प्रवेश गरिसकेका सबैलाई तत्कालै बाहिर पठाउँदा हतार हतारमा भाग दौड मच्चिएको थियो ।
घटनास्थलमा तत्कालै फ्रान्सेली प्रहरीको बम तथा बिस्फोटक पदार्थ विशेषज्ञ टोली र बिस्फोटक पदार्थ पत्ता लगाउन सक्ने आघ्राण शक्ति भएका कुकुरसमेत ल्याई अनुसन्धान जाँच पड्ताल गर्दा त्यस्तो कुनै पनि प्रकारको बिस्फोटक पदार्थ फेला नपरेपछि सतर्कता सूचना हटाइएको र उक्त चलचित्र प्रदर्शनको क्रम पुनःसुचारु गरिएको छ ।
घटना पश्चात् केन्स चलचित्र महोत्सवमा ब्यापक सुरक्षा बढाइएको र सम्पूर्ण परिसरलाई कडा सुरक्षा निगरानीभित्र राखिएको छ ।
विगतका केही महिनामा फ्रान्सलगायत अन्य युरोपेली राष्ट्रहरुमा आतंककारी बम आक्रमणका घटनामा वृद्धि भइरहेका छन् । केन्स महोत्सवमा भएको यस बम आतंकको हल्लापश्चात् करिब पाँचसय स्थानमा थप सिसिटिभी क्यामेरा जडानगरी निगरानी बढाइएको छ ।
महोत्सब परिसरतर्फ जाने बाटो–क्रोसेट रोडमा कोहीपनि जथाभावी दौड्न नसकून भन्ने प्रयोजनले चारसय थान ठूलाठूला गमलाहरु तेस्र्याई सुरक्षा ब्यबस्था तीब्र पारिएको पनि जनाइएको छ ।
यस वर्ष आयोजित ७० औँ केन्स फिल्म फेस्टिभल यस महिनाको २८ तारेखसम्म चल्ने बताइएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्