Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सूचना चुहाएको आरोपमा प्रज्ञान सेक्युरिटीजलाई कारोबारमा रोक


0
Shares

सूचना चुहाएको विषयमा छानविनका लागि कारोबारमा रोक लगाइएको हो । प्रज्ञान सेक्युरिटीज प्रा.लि.को विराटनगरस्थित कार्यालयबाट सिभिल बैंकले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले यस सम्बन्धमा बोर्डले आवश्यक छानविन कार्य अगाडि बढाएको जनाइएको छ ।

साथै उक्त छानविन कार्य सम्पन्न नभइन्जेलसम्मका लागि प्रज्ञान सेक्युरिटिजलाई सोमबारदेखि निलम्बन गरी धितोपत्र कारोबार गर्न रोक लगाइएको बोर्डले जनाएको छ ।