Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


निर्वाचन आयोग भन्छ– स्थानीय तह थप्ने भए जेठ ३१ मा निर्वाचन असम्भव


0
Shares

मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गरे पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताए । ‘दोस्रो चरणको निर्वाचनका लागि अब धेरै समय छैन, मतपत्र छपाइ, मतदाता परिचयपत्र छपाइको काम सम्पन्न भएर जिल्लामा पठाइसकेका छौं,’ आयुक्त दाहालले भने, ‘अब नयाँ स्थानीय तहको संख्या थपेर जेठ ३१ मा चुनाव सम्भव छैन ।’ –नागरिक दैनिकबाट