
काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ३२ हजार ५ सय ८० मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले २३ हजार ७ सय ३५ मत प्राप्त गरेका छन् ।
विवेकशीलकी रञ्जु दर्शनाले भने १२ हजार ६८३ मत ल्याएकी छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१ हजार २ सय ७७ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १९ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले २२ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २० हजार १ सय ९९ मत प्राप्त गरेकी छन् ।
यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकामा भने रोकिएको मतगणना थालिएको छ । प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि सहभागी बैठकले विवादित वडा नम्बर–१७ को मतगणना यथास्थितिमा राख्दै अरु वडाको मतगणना सुरु गर्ने सहमति गरेपछि गणना थालिएको हो ।
वडा नम्बर–१७ को मतगणनाको विवाद भने पछि टुंगो लगाइने सहमति भएको छ ।
मतगणनाको पछिल्लो विवरणअनुसार पोखरा–लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।
एमाले उम्मेदवार मानबहादुर जिसीले २२ हजार ५ सय ५८ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले २० हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्