५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


बूढानीलकन्ठमा एमालेको अग्रता


0
Shares

प्रमुखमा एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६, नेपाली कांग्रेसका राजु श्रेष्ठले ८ हजार ८४, नेकपा माओवादी केन्द्रका रवीन अधिकारीले तीन हजार ७१७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले एक हजार ३८६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर–३ देखि १३ सम्मको मतगणना गर्दा उपप्रमुखमा एमालेकी रीतादेवी राईले ११ हजार ३९८, कांग्रेसकी सुभद्रा खड्काले ८ हजार ७०४, माओवादीकी होमकुमारी दुलालले दुई हजार ८८८ र राप्रपाकी सावित्रा क्षेत्रीले ९०५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर–४ र ६ मा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् भने बाँकी वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

हालसम्म २७ हजार ४६२ मत गणना सकिएको छ । वडा नम्बर–१ र २ को तीन हजार ५०० मत गन्न बाँकी छ ।

सोमबार बेलुकासम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत नेपालले बताए । रासस