२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


म्यानचेस्टर शहरमा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० जनाभन्दा बढी घाइते


0
Shares

विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ ।

म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो ।

ठूलो आवाजसहित भएको विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनबाट रेल आवागमनमा रोक लगाइएको छ ।

गायिका एरियाना ग्रान्डे भने सुरक्षित रहेको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।

कन्सर्टको टिकट घर नजिकै ठूलो आवाजका साथ दुई वटा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

विस्फोट कसले र किन गराएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । (एजेन्सी)