२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ


0
Shares

पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आउँदो जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति रु दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

उठाइएको रु एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ÷सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ । रासस