
काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीति, सरकारको काम कारवाहीलगायत विषयमा छलफल भइरहेको हो ।
बैठकमा विहीवार बस्ने स्थायी समितिको बैठकका विषयवस्तुबारे पनि छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्