Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


सेयर साप्ताहिकः सामान्य सुधार


0
Shares

यो साता नेपाल स्टक एक्सचेन्जमा चार दिनमात्र कारोबार हुँदा १५५ कम्पनीहरुको दुई अर्ब ६९ करोड रुपैयाँ बराबरका ४५ लाख ६७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।

गत साता १५५ कम्पनीहरुको कारोबार दुई अर्ब ५८ करोड रुपैयाँ बराबरका ८३ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ४.२७ प्रतिशत बढी हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३४ अंकले बढेर अन्तिम दिन १६२९.५८ अंकमा पुगेको छ ।

समूहगत उतार–चढावअन्तर्गत् उत्पादनमूलक समूह सबैभन्दा उच्च ८२ अंकले सकारात्मक रह्यो भने बिमा समूह सबैभन्दा उच्च २३ अंकले ऋणात्मक रह्यो ।

यो साता कारोबार रकम (१३ करोड ७६ लाख रुपैयाँ)को आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो भने सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक अनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा समता माइक्रोफाइनान्स वित्तीय संस्थाको साधार सेयर सूचीकृत भएको छ ।

साथैं, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, कामना विकास बैंक, कुमारी बैंक, एसियन लाइफ इन्स्योरेन्स अनि मिथिला लघुवित्त विकास बैंकका बोनस सेयर सूचीकृत भएको पनि एक्सचेन्जले जनाएको छ ।