६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


चाँगुनारायणमा काँग्रेसको अग्रता,वडा नं ५ मा काँग्रेस विजयी


0
Shares

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएका छन् ।

खड्काले एक हजार ६४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरेका छन् ।

विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी भएका छन् ।

नगर प्रमुखमा काँग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिएका छन् भने उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिएकी छन् ।

निकटतम प्रतिद्वन्द्वीे नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहेकी छन् । मतगणना जारी छ । रासस