 
	    महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङसहित ३३ ओटै वडामा निर्वाचित प्रतिनिधिले शपथलगत्तै पदभार ग्रहण गरेका हुन् ।
महानगरका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले र वडासदस्यहरुलाई महानगरका नवनिर्वाचित प्रमुख जिसीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
पोखरा–लेखनाथ महानगरमा एक प्रमुख र एक उपप्रमुखसहित सबै वडाका वडाध्यक्ष, महिला एवं दलित सदस्य र दुई खुला सदस्य गरी १६७ जना निर्वाचित भएका थिए ।
पोखरा–लेखनाथ महानगरमा निर्वाचित प्रतिनिधिमार्फत् दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १७० जनाको नगरसभा बनाइनेछ भने ४३ जनाको नगर कार्यपालिका गठन हुने जनाइएको छ ।
नवनिर्वाचित प्रमुख जिसी र उपप्रमुख गुरुङले आइतबार पदभारग्रहण गरेलगत्तै महत्वपूर्ण तीन निर्णय पनि गरेका छन् ।
सरकारले दिँदै आएको वृद्ध तथा अशक्तभत्तामा महानगरको तर्फबाट १० प्रतिशत थप गर्ने निर्णय गरिएको छ ।
आगामी आर्थिक वर्षदेखि महानगरको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी उक्त निर्णय लागू हुने जनाइएको छ ।
यस्तै, महानगरपालिका कार्यालयबाट प्रदान गरिने सेवालाई चुस्त बनाउने र महानगरका हिंसापीडित महिलाका लागि निःशुल्क कानुनी परामर्श प्रदान गर्ने निर्णय पनि नवनिर्वाचित पदाधिकारीहरुले गरेका छन् ।
महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई कार्यालयमा स्वागत गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्