२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेवाग्रहीसँग घुस लिंदालिंदै घरेलुका सुब्बा पक्राउ


0
Shares

-हरि शर्मा/ ईमेज

रजहरको एक बालुवा प्रशोधन उद्योग दर्ता गर्ने क्रममा सेवाग्रहीसँग रकम लिदैं गरेको अवस्थामा आईतबार अख्तियारको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

उद्योग दर्ता प्रकृयाका कागज पत्र अपुग भएको र त्यसका लागि रकम लाग्ने भन्दै गुप्ताले सेवाग्रहीसँग ५० हजार घुस माग गरेका थिए ।

सुराकीको आधारमा पछ्छाउँदै पुगेको अख्तियारको टोलीले कार्यालयबाट गुप्तालाई नगदसहित पक्राउ गरेको हो ।

कार्यालयका उद्योग अधिकृत नन्दलाल पौडेलले पक्राउ परेका गुप्ता अहिले अनुसन्धानका लागि बुटवलस्थित अख्तियार कार्यालयमा रहेको बताए ।

एक्कासी अख्तियारको टोली आएर पक्राउ गरेपछि मात्र आफूलाई घटनाबारे जानकारी भएको पौडेलले बताए ।

रजहरको प्रस्तावित बालुवा प्रशोधन उद्योगसँग रकम लिएको भन्ने मात्र आफूले सुनेको बताउँदै उक्त उद्योगको फाईलसमेत आफू समक्ष नआएको र त्यसबारे कुनै जानकारी नभएको पौडेलको भनाई छ ।