
निर्वाचन आयोगले कार्यालय सन्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइसकेको जनाएको छ ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि मंगलबारदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन आयोगको पूर्वनिर्धारित् कार्यक्रमानुसार दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता र २२ गते उम्मेदवारहरुलाई चुनाव चिह्न दिने कार्यक्रम छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि आउँदो २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
यस्तै, मतदाता शिक्षा प्रभावकारी बनाउन २७, २८ र २९ गते मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
आयोगले मतदाता परिचयपत्र लिन पुग्ने सबैलाई मतदान गर्ने तरिकाबारे सिकाइने र मतदातालाई जानकारी गराउन मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राख्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्