काठमाडौं, माघ २८ । प्रहरीले काठमाडौंको गोंगबु चोकबाट नक्कली नोट फेला पारेको छ ।
टोखा–१० गणेशस्थानबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका १५२ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मियासमेत दुई जनाको कोठामा नक्कली नोट फेला परेको हो । महानगरीय प्रभाग बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङमुनी लुकाइछिपाइ राखेको नक्कली नेपाली रुपैयाँ १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट सोही दरका १४१ थान नोट फेला पारेको हो ।
हिक्मत मिया भने फरार रहेको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्