
मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
जर्मनीको दूतावास रहेको जानबाक स्क्वायरनजिक सवारी–साधनमा बम राखी विस्फोट गराइएको थियो । राष्ट्रपतिको कार्यालय र विदेशी दूतावासनजिक यो विस्फोट गराइएको हो ।
विस्फोटका कारण फ्रान्सको दूतावासमासमेत क्षति पुगेको छ । भवनहरुमा क्षति पुगेको छ भने धेरै सवारी–साधनसमेत जलेका छन् ।
विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । पछिल्लो समय अफगानिस्तानको कमजोर सुरक्षा व्यवस्थालाई लिएर व्यापक आलोचना भइरहेको छ ।
इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमण र विस्फोटका घटना तीव्र पारिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्