
अधिकारसम्पन्न संघीय पुनःसंरचना समितिले बुधबार संसदको राज्य व्यवस्था समितिमा पेस गरेको प्रारम्भिक प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय प्रस्ताव गरिएको छ ।
सरकारले गत बैशाख २१ गते सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा एमालेका राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा र राप्रपाका भुवन पाठक सदस्य थिए ।
समितिको प्रतिवेदनका कतिपय मन्त्रालयको नाम र संरचना हेरफेर गर्नुपर्ने सुझाइएको छ ।
प्रस्ताव गरिएका मन्त्रालय
-प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
-अर्थ तथा योजना
-संघीय मामिला तथा सामान्य प्रशासन
-कानुन न्याय तथा संसदीय मामिला
-उद्योग, वाणिज्य तथा आपूर्ति
-पर्यटन तथा संस्कृति
-कृषि सहकारी तथा भूमि व्यवस्थापन
-गृह
-जलस्रोत तथा उर्जा
-परराष्ट्र
-भौतिक पूर्वाधार यातायात तथा नागरिक उड्डयन
-रक्षा
-शिक्षा तथा खेलकुद
-महिला, समावेशीकरण तथा सामाजिक न्याय
-सूचना तथा संचार
-स्वास्थ्य
-मानव शंसाधन, युवा, श्रम तथा रोजगार
-वन मन्त्रालय
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्