२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


युरोपियन युनियन र चीन एकमत


0
Shares

इयु र चीनका नेताले पेरिस जलवायु सम्झौता महत्वपूर्ण रहेको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तयारीमा लागेका छन् ।

इयु र चीनका नेता सम्झौता कार्यान्वयका लागि राजनीतिक प्रतिबद्धता जनाउन तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वका विकसित देशको समूह जी-सेभेनको सम्मेलनमा अमेरिकाको असहमतिका कारण सम्झौता कार्यान्वयनसम्बन्धी संयुक्त प्रतिबद्धता जारी हुन सकेको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन अफवाह मात्रै भएको भन्दै पेरिस सम्झौता कार्यान्वयन नगर्ने बताउँदै आएका छन् ।

तर इयु र चीनका नेताले भने ट्रम्पको भनाई अस्वीकार गर्दै पेरिस जलवायु सम्झौता अहिलेको सबैभन्दा महत्वपूर्ण विषय रहेको बताएका हुन् ।

संयुक्त राष्ट्र संघले भने जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि एकमत हुन आग्रह गर्दै आएको छ । (एजेन्सी)