Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


गेटा मेडिकल कलेज सञ्चालन गर्न पहल गर्छु : प्रा.डा.केसी


0
Shares

फाइल फाटो 

कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पगेका उनले पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकामा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गरे ।

उनले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

साबिक गेटा गाविसको गेटी गाउँमा मेडिकल कलेज निर्माणाधीन रहेको छ । चालु वर्षमा एक÷एकवटा कलेज भवन र अस्पताल भवन निर्माण भइरहेको छ । यसका लागि चालु वर्षमा रु ५० करोड बजेट विनियोजन गरिएको थियो । रासस