२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चुनावको मौका छोपेर ढुंगा–गिट्टीको चोरी–निकासी, २२ ट्याक्टर नियन्त्रणमा


0
Shares

स्थानीय खजुराखोलाबाट ढुंगा–बालुवा चोरी गर्दै गरेका २२ ओटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

चोरीकार्य बढेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र स्थानीय विकास अधिकारी युवराज कटेलको टोलीले खोलाहरुको अनुगमन गर्दा ती ट्याक्टरहरु फेलापरेका हुन् ।

चोरीमा संलग्नहरुले ट्याक्टर र टिपरहरुमा राजनीतिक दलका झन्डा राख्ने गरेकोसमेत पाइएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरुलाई जनही १५ हजार रुपैयाँ लिएर चेतावनीसहित छाडिएको जनाइएको छ ।