१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


0
Shares

जेठ १६ गते दिउँसो ११ बजेतिर विराटनगर महानगरपालिका–१५ मा पार्किङ गरी राखेको को १८ प ६९४३ नम्बरको मोटरसाइकल हराएको भनी विराटनगर ५ बस्ने डम्बर यादवले इलाका प्रहरी कार्यालय रानीमा जानकारी दिएका थिए ।

जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय रानी तथा क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा बिराटनगर–१५ बस्ने १८ बर्षीय धर्मेन्द्र कुमार सहनीले उक्त मोटरसाइकल चोरी गरी सोही ठाउँका सदुल मियाँले सञ्चालन गरेको जाहिर रिपेरिङ सेन्टरमा बिक्री गरेको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

सो रिपेरिङ सेन्टरमा प्रहरीको टोलीले खानतलासी गर्दा उक्त मोटरसाइकलको ईन्जिन तथा चेसिस लगायतका सम्पुर्ण पार्टपुर्जाहरु खोली राखेको अवस्थामा फेला पारेको जनाइएको छ ।

प्रहरीले मोटरसाइकल चोरी गर्ने धर्मेन्द्र कुमार सहनी तथा रिपेरिङ सेन्टरका सञ्चालक सदुल मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।